
इटहरी । नेपाली कांग्रेस निकट नेताहरुले सुनसरीको इटहरीमा ‘लोकतन्त्र संवाद’ कार्यक्रम सम्पन्न गरेका छन । शनिवार भएको उक्त केन्द्रिय पदाधिकारी तथा सदस्यले पनि वडा तहदेखी नै निर्वाचित हुदै जानुपर्नेमा सहभागीहरुको जोड थियो ।


भेलमा आगामी महासमिती बैठकको विषयमा छलफल भएको छ । केन्द्रिय सभापति, प्रदेश सभापति, जिल्ला सभापति क्षेत्रीय प्रतिनिधी द्धारा बहुमत द्धारा चुनिनुपर्ने व्यवस्था हुनुपर्ने, पिछाडिएको वर्ग, लिंग, समुदाय, अवसर बाट बन्चीत व्यक्ति नै समानुपातीक सुचिमा हुनुपर्ने, वडा तहलाई मजबुद बनाउदै पार्टीले केन्द्रिय मुल्याङ्कन विभाग बनाउनुपर्ने र व्यवस्थीत तरिकाले प्रविधिको प्रयोगमा मुल्याङ्कन हुनुपर्ने व्यवस्था हुनुपर्ने सहभागीहरुले जोड दिएका छन् । पार्टीमा सुसासन कायम गर्दै आचरण राम्रो भएको व्यक्तिहरुलाई अगाडी ल्याउनुपर्ने सहभागिको सुझाव थियो ।

कोशी प्रदेसका सबै १४ वटै जिल्लाबाट २८ वटा निर्वाचन क्षेत्रका प्रतिनिधी, जिल्ला पार्टी सभापती, क्षेत्रीय सभापती सहित पदाधिकारी, महासमिति सदस्य, महाधिवेसन प्रतिनिधी लगायतको उपस्थीतिमा उक्त कार्यक्रम भएको हो । नेपालमा संघियताका सवालहरु, नेपालको निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधार, नेता र जनप्रतिनिधीहरुलाई कसरी जवाफदेही र उत्तरदायी बनाउने, नेताको चरित्रलाई कसरी लोकतान्त्रीक बनाउने, पार्टी विधानमा सुधार परिमार्जन र संशोधन गर्नुपर्ने विषयहरु, विधानमा समेट्नुपर्ने वैकल्पिक अवधारणा सम्बन्धी विषयहरुमा समुहगत छलफल भएको थियो । सहभागीबाट आएका महत्वपुर्ण सुझावलाई महासमिती बैठकमा उठाउनुपर्ने कार्यक्रमका सभापति साथै नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले बताए ।
समुहगत छलफलबाट आएका सुझावलाई आगामी फागुन ७ गते हुने नेपाली कांग्रेसको महासमिती बैठकमा प्रस्तावको रुपमा लगीने सहभागी नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मल ओझाले बताए । “आठ तहको सांगठनीक सम्रचना भद्दा भएको हुनाले यसलाई चुस्त र छरितो बनाउन अनावस्यक सांगठनिक सम्रचना विधान सम्सोधन मार्फत हटाउनु पर्ने भन्दै उपसभापति ओझाले भन्नुभयो वडा, प्रदेश र संघको टिकट वितरणमा माथिल्लो समितीहरुको निर्णायक भुमिकालाई अन्त्य गर्दै जुन तहको टिकट वितरण गर्नुपर्ने हो, त्यही तहमा रहेका सक्रिय सदस्यहरुको बहुमतबाट अनुमोदन गर्नुपर्ने अनिवार्य व्यवस्था हुनुपर्ने” बताए ।
त्यसैगरी आम मानिसको चाहाना युवा नेत्रित्व रहेकाले अवको पार्टी नेत्रित्व युवा पिडिलाई हस्तान्तरण गर्नुपर्ने तर्फ लाग्नुपर्ने नेपाली कांग्रेस झापाबाट महासमिती सदस्य उमा सिवाकोटिले बताईन् । उनले भनिन् भावी नेत्रित्वको विषयमा छलफल हुँदा आम नागरिक कार्यकर्ताको मन जित्दै परिवर्तनलाई स्वीकारेर अघिबढ्न सक्ने भावी नेत्रित्वको विषयमा महासमिती बैठकमा छलफल हुनुपर्ने बताईन् ।
त्यसैगरी इलाम रोङ गाँउपालीका अध्यक्ष समेत रहेका सुवास तामाङले पार्टी नेत्रित्व चिन्तीत हुनुपर्ने र जनता संग पार्टी नेत्रित्व पुग्नुपर्ने बताए । कार्यक्रमका करिव ५ सय भन्दा बढिको उपस्थित संख्यामा भएको उक्त कार्यक्रमको रमेस अधिकारी र नारायण भटराईले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।









