
सुन्दरहरैचा । राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैचाको नगर सभापतिको लागि दुई जनाले उम्मेद्वारी घोषणा गरेका हुन । टेकमणी न्यौपाने(विवेक) र नवराज खरेल दुई जनाले नगर सभापति पदमा उम्मेद्वारी घोषणा गरेका हुन ।


रास्वपाको भदौ २ गते शनिबार नगर सम्मेलन हुँदैछ । नगर सभापति पदमा अन्य केही व्यक्तिले पनि उम्मेद्वारी घोषणा गरेका थिए तर सहमतिका लागि भन्दै अन्य व्यक्तिले भने सभापति बन्ने लाइनबाट पछी हटेका छन ।

रास्वपाले तोकेको समयमा नविकरण गर्ने र सदस्यता लिने व्यक्तिहरुले मात्र उक्त सम्मेलनमा सहभागी भएर मताधिकार प्रयोग गर्न पाउनेछन । सुन्दरहरैचा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनेमा तीन सय जना भन्दा बढी रहेका छन ।









