कोशी प्रदेश मुख्य समाचार राजनीति

काङ्ग्रेस कोशी प्रदेशको प्रचार विभागमा कोइराला

सुन्दरहरैंचा । नेपाली कांग्रेस कोशी प्रदेशको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा बाबुराम कोइराला(वाशु) चयन भएका छन ।

काङ्ग्रेसको विधान २०१७ (दशौ संशोधन २०७८) को परिच्छेद ४ धारा १३(११) (क) को (१) बमोजिम कोइरालालाई सभापती थापाले प्रचार विभागमा मनोनित गरेका हुन ।

काङ्ग्रेस कोशी प्रदेश सभापती उद्दव थापाले कोइरालालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरेका छन । कोइराला यस अघि काङ्ग्रेस कोशी प्रदेश सदस्यमा मनोनीत भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *