राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विस्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाएका छन । सभाका अध्यक्षता गरेका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन ।

विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना उपस्थित थिए । थापालाई विश्वासको मत पाउनुबाट रोक्न विपक्षी गठबन्धन एमाले र राप्रपाले उपसभामुख सिर्जना दनुवार सहित नौ जना प्रदेश सभा सदस्यलाई अनुपस्थित गराएको थियो । एमाले र राप्रपाले उपसभामुख दनुवार अनुपस्थित हुँदा ज्येष्ठताको क्रम अनुसार सभाको अध्यक्षता गर्नुपर्ने आफ्ना आठ जना सांसदहरुलाई अनुपस्थित गराएको हो । उनीहरुले हिजै विभिन्न कारण देखाउँदै अनुुपस्थित हुने सूचना प्रदेश सभा सचिवालयलाई गराएका थिए ।

विपक्षी दलहरुले उपसभामुखसहित ठूलो संख्यामा सांसदहरुलाई अनुपस्थित गराएपछि सत्ता गठबन्धनले सभाको अध्यक्षता गरिरहेका व्यक्तिलाई नै मत दिन लगाएको हो । मतदान अघि बैठकमा सत्तापक्षका सांसदहरुले सरकार निर्माणको क्रममा सभाअध्यक्षले मत दिनु संविधान अनुसार नै भएको दाबी गरे ।

विपक्षी दलहरुले भने अध्यक्षता गरेको व्यक्तिले संविधान विपरीत मतदान नगर्न चेतावनी दिएका थिए। अध्यक्षता गरिरहेका मन्सुरीले मतदान गर्ने बेलामा पनि विपक्षी दलहरुले विरोध गरेका छन् । उनीहरुले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *