कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा म्याजिकको ठक्करबाट दुईजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ मा म्याजिकले स्कुटरले ठक्कर दिंदा दुईजना घाइते भएका छन ।

वडा नं ५ स्थित बुढीगंगाको पुल छेउमा उत्तर वाट दक्षिण तर्फ बाटो क्रस गर्दै रहेको प्र. १-०२-०४५ प ८३८९ नं को स्कुटरलाई पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ ज १४९१ नं को म्याजिकले ठक्कर दिदा स्कुटर चालक सुन्दरहरैंचा ५ बस्ने बस्ने बर्ष ४० को भिम प्याकुरेल र स्कुटरको पछाडि सवार इटहरी उपमहानगरपालिका वडा नं ९ बस्ने बर्ष ४८ की राधिका पौडेल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैजनाको इटहरी स्थित इटहरी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारी साधन र म्याजिक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *