कोशी प्रदेश मुख्य समाचार

कोशी प्रदेश प्रहरी अस्पताल पुन: बेलबारी फिर्ता

बेलबारी । हप्ता दिन अघि बेलबारीबाट रातारात सारिएको कोशी प्रदेश प्रहरी अस्पताल पुन: बेलबारी आउने भएको छ । केही दिन अघि बेलबारीमा ठाउँ अभाव भएको भन्दै प्रदेश प्रहरी अस्पतालालाई सुनसरीको इनरुवा स्थित जिल्ला समन्वय समितिको भवनमा लगिएको थियो ।

बेलबारीबाट अन्यन्त्र लगिएको अस्पताललाई पुन: बेलबारी फर्काउन नगरप्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा कोइराला सहित नेपाली काँग्रेस बेलबारी सभापति छत्र लिम्बु,नेपाली काङ्ग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी,नेकपा एमालेका जिल्ला सदस्य ईरान राई,माओबादीका बेलबारी अध्यक्ष पर्शुराम सुवेदी, मावोवादीका बेलबारी इन्चार्ज तिलक राई, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बु, गिता तिम्सिना लगायतका व्यक्तिहरु काठमाण्डौ गएका थिए ।

काठमाडौमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर अस्पताल फिर्ता गर्दिन आग्रह गरेका उक्त टोलीले मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सांसद सुनिल शर्माको नेतृत्वमा सोमबार दिउँसो नेपाल प्रहरीको आइजिपी वसन्त कुवरको टिमसग प्रहरी सचिवालयमा छलफल गरेको थियो । छलफलमा बेलबारीबाट सारिएको कोशी प्रदेश प्रहरी अस्पताललाई पुन: बेलबारीमै स्थापित गराउने सहमती भएको सांसद शर्माले बताएका छन ।

कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालन गर्न नगरपालिकाले जग्गा उपलब्ध गराउने सहमती भएपछी बेलबारीबाट फिर्ता गएको प्रदेश प्रहरी अस्पताल पुन: बेलबारी आउने भएको नेपाली काङ्ग्रेस महासमिती सदस्य महेन्द्र सुवेदीले बताए । एक हप्ता भित्र कार्यपालिका बैठकले निर्णय गरेर अस्पताल सञ्चालन गर्न भवन दिने र जग्गा उपलब्ध गराउने आजको छलफलमा कुरा भएको सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *