
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ मा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भए दुई जना घाइते भएका छन ।


शुक्रबार राती साढे १० बजे पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको को. २० प ५८५४ नम्बरको मोटरसाईकल अचानक ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार सुन्दरहरैचा- ७ का २८ वर्षिय बिक्रम माझीको मृत्यु भएको हाे । उनकाे उपचारका क्रममा वीपी प्रतिष्ठान धरानमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा माेटरसाइकल चालक सुन्दरहरैंचा ७ का २५ बर्षीय भुपाल मगर र सोही मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय भिम बहादुर मगर घाइते भएका छन् । उनीहरुकाे धरानमै उपचार भइरहेकाे छ ।
घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









