
बेलबारी । मोरङको बेलबारी नगरपालिकाबाट २४ जना युवायुवतीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलबारी नगरपालिकाको पर्यटकिय क्षेत्र रमिते डाडामा रहेको जंगल क्षेत्रबाट ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले २४ जना युवायुवतीहरुलाई नियन्त्रणमा लिएको हो ।


पक्राउ पर्नेमा ५ जना युवा र १९ जना युवती रहेका छन । लागुपदार्थ दुब्र्यसनमा संलग्न रहेको भन्ने सुचनाको आधारमा प्रहरीले उक्त युवायुवतीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्ने युवायुवतीहरु केराबारी र बेलबारी साथइ अन्य पालिकाका रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उक्त युवायुवतीहरुलाई ईलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान गरिरहेको छ ।









