
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको लायन्स क्लब अफ विराटचौकले विपन्न परिवारलाई सहयोग गरेको छ ।


इन्द्रपुर लायन्सले सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा रहेको मिना कार्कीलाई घर निर्माण गरेर सहयोग गरेको उन्द्रपुर लायन्सका अध्यक्ष खगेन्द्र रिजालले बताए । कार्कीको पुरानो घरमा ट्रस र टिन लगाएर सहयोग गरेको अध्यक्ष रिजालले बताए ।

लायन्स क्लब अफ इन्द्रपुरको नेतृत्वमा सुन्दरहरैंचा नगरपालिका, इन्द्रपुर जेसिस, पाथिभरा स्वतन्त्र महिला समाज , लायन्स क्लब अफ बिराटचोक सिटिको सहयोगमा घर निर्माण गरिएको हो ।









