कोशी प्रदेश मुख्य समाचार

स्थानियले लगाए सुन्दरहरैंचाको २ नं वडा कार्यालयमा ताला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ को वडा कार्यालयमा बिहिबार देखि ताला लागेको छ । अत्याधिक कर बढेको भन्दै सुन्दरहरैंचा नगरपालिका वडा नं २ का स्थानियहरुले वडा कार्यालयमा ताला लगाएका हुन ।

केही महिना अघि देखि विभिन्न राजनितिक दलहरुले समेत कर बढेको भन्दै आन्दोलनका कार्यक्रमहरु गरेका थिए । तर राजनितिक दलहरुले गरेको आन्दोलन विना निष्कर्ष सकिएको थियो । राजनितिक दलहरुको आन्दोलनले समेत नगरमा बढेको कर समायोजन हुन नसकेपछि बिहिबार देखि २ नं  वडा कार्यालयमा स्थानियहरुले आफै ताला लगाएका हुन  ।

बिहिबार वडा कार्यालयको भित्री गेटमा ताला लगाएका स्थानियहरुले शुक्रबार भने बिहानै देखि वडा कार्यालयको मुख्य गेटमा नै ताला लगाएका हुन ।

कर समायोजन गर्ने विषयमा नगरपालिकाले भने विभिन्न व्यक्तिहरु सग छलफल भने गरिरहेको छ । सुचना स्रोतका अनुसार नगरले कर घटाउने विषयमा नगर स्तरिय विभिन्न समितिहरु बनाएर छलफल गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *