
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने तयारी गरेको छ ।


रास्वपाले ढकालको महामन्त्री पद र प्रवक्ताको जिम्मेवारीबाट हटाउने तयारी गरेको हो । ढकालको महामन्त्री पद र प्रवक्ताको जिम्मेवारी खोसिए उनी पार्टीको केन्द्रीय सदस्यको भूमिकामा मात्र हुनेछन् ।










