
सुन्दरहरैंचा । इन्द्रपुर जेसिज वर्ष २०२४ को अध्यक्ष बन्न पाँच जनाले दाबी गरेका छन । जेसिजको वर्ष २०२४ को लागि नया नेतृत्व चयन मंसिर २५ गते हुदैछ ।


निर्वाचन आयोगले उम्मेद्वारी दर्ता गर्ने समय १८ गते र १९ गते राखेको छ । आफू अध्यक्ष बन्नका लागि पाँच जना उम्मेद्वारले तयारी गरिरहेका छन ।

वर्ष २०२४ को अध्यक्ष बन्न उज्ज्वल थापा, आकाश दुलाल, टेकमणी न्यौपाने(विवेक), अजित वान्तवा र पार्वती गच्छदारले तयारी गरिरहेका छन । वर्ष २०२४ को लागि अध्यक्ष बन्न धेरैले तयारी गरे पनि नेतृत्व सर्वसम्मत चयन हुन सक्ने इन्द्रपुर जेसिजका महासचिव समीर बस्नेतले बताए ।









