कोशी प्रदेश मुख्य समाचार

इटहरीमा हात्तीले कुल्चिएर एकजनाको मृत्यु

इटहरी । जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु भएकाे छ ।  इटहरी उपमहानगरपालिका २ का रबिन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब साढे ९ बजेतिर हात्ती धपाउने क्रममा जंगली हात्तीले कुल्चिएर खड्काको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

केही दिनयता झापा, मोरङ र सुनसरीको जंगलमा हात्तीले आफ्नो बासस्थान बनाएको छ । हात्ती गाउँ पस्ने डरले रातभर ती स्थानका बासिन्दाहरु जाग्रम बस्न बाध्य छन । हात्तीले मानविय देखि अन्नबाली समेत नष्ट गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *