मुख्य समाचार स्वास्थ्य

सुन्दरहरैंचा नगर अस्पतालमा आँखा जाँच सेवा शुभारम्भ

सुन्दरहरैंचा । सुन्दरहरैंचा  नगर अस्पतालमा आँखा जाँच सेवा शुभारम्भ भएको छ । बिराटनगर आँखा अस्पतालको सहयोगमा सुन्दर हरैंचा नगरअस्पताल हरैंचा मै आँखा उपचार सेवाको सुरुवात गरिएको सुन्दर हरैंचा नगरप्रमुख केदार गुरागाईंले जानकारी दिए ।

आइतबार सुन्दरहरैंचा वडा नं १ का अध्यक्ष राम बिस्वास खवासको अध्यक्षतामा सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाईं, उप प्रमुख अकलि चौधरी र बिराटनगर आँखा अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष पदम नारायण चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सुन्दरहरैंचा बासिन्दाहरुले आँखामा देखिएको सामान्य समस्यामा लागि पनि बाहिर जानु पर्ने बाध्यता हटाउन आँखा जाँच सेवा केन्द्र स्थापना गरिएको वडा अध्यक्ष खवासले बताए । उनले भने, ‘अब आँखामा देखिने सामान्य समस्याको उपचार गाऊमै हुनेछ ‌।’

सामान्य असाबधनी र समयमा आँखाको उपचार नहुदा दृष्टिविहीन हुने जोखिम हुने भएकोले पनि सुन्दरहरैंचा नगरपालिकाका नागरिकलाई गाँउमै समयमै आँखाको उपचार सुबिधा पुर्याउने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको सुन्दरहरैंचा नगर अस्पताल प्रशासन शाखा प्रमुख बाबुराम भट्टराईले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *