
सुन्दरहरैंचा । सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ सलकपुरमा हिंसामा परेका तथा लक्षित समुदायको बस्तीमै गएर शनिबार लैङगिक हिंसा बिरुद्धको १६ दिने कार्यक्रमको पहिलो दिन “लैंगिक हिंसा बिरुद्ध सचेतना कार्यक्रम संचालन गरिएको छ।


वडाध्यक्ष खेमप्रसाद न्यौपानेले कार्यक्रममा उदघाटन गर्दै लक्षित वर्गका समुदायमा, घर आगनमै कार्यक्रम गर्नु उपलब्धि मुलक रहेको बताए । न्यौपानेले महिलाहरुको सवालमा कार्यक्रम गर्नु सकारात्मक रहेको बताउदै लक्षित वर्गको महिलाको प्रत्यक्ष सहभागिता भएको कार्यक्रममा हिँसा न्यूनीकरणमा जोड दिन सचेतना अभिबृद्ध गर्न आवश्यक रहेको उल्लेख गरे ।

बिभिन्न कार्यक्रम सहित लैङगिक हिंसाबिरुद्धको १६ दिने अभियानमा सचेतनामुलक अन्तरक्रिया गरी मेचि महाकाली बुहारी संयुक्त आवाजको आयोजना संचालन भएको हो ।
कार्यक्रममा मोरङ शाखा संयोजक तारा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले हिँसामा परेका महिलालाई नजिकैको न्यायिक समिति, प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।









