सुन्दरहरैंचा । सुन्दरहरैंचामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता वैशाख ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ। समितिका अध्यक्ष खड्ग श्रेष्ठका अनुसार प्रतियोगिता सुन्दरहरैंचाको पचाम खेल मैदानमा आयोजना हुनेछ भने प्रतियोगितामा मोरङ र सुनसरीका विभिन्न पालिकाबाट ८ वटा फुटबल टोलीहरूको सहभागिता रहनेछन । प्रतियोगितामा सहभागी […]
मुख्य समाचार
सुन्दरहरैंचाको जोगीयारेमा ट्रान्सफर्मर चोरी
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं २ स्थित जोगीयारेमा ट्रान्सफर्मर चोरी भएको छ। लाइन गएको मौका छोपी अज्ञात समूहले ट्रान्सफर्मर चोरी गरेको हो। वडाध्यक्ष विवश प्रधानका अनुसार घटना रातिको समयमा भएको हो। “लाइन गएकै बेला ट्रान्सफर्मर निकालिएको छ,” उनले भने, “विद्युत सेवा अवरुद्ध भएपछि खोजतलास गर्दा चोरी भएको थाहा भयो।” घटनाबारे प्रहरीलाई जानकारी दिइएको र […]
रोजगारीको अवसर: स्वाद होटलमा निःशुल्क वेटर तालिम
सुन्दरहरैंचा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यवसायिक केन्द्रले रोजगारीमुखी तालिम कार्यक्रम अन्तरगत होटल तथा पर्यटन क्षेत्रको मागलाई ध्यानमा राख्दै वेटर तालिम निःशुल्क रुपमा प्रदान गर्ने भएको छ। विशेषगरी युवा वर्गलाई दक्ष बनाउँदै स्वदेशमै रोजगारीको वातावरण तयार गर्न लक्षित यो तालिम होटल म्यानेजमेन्ट विधाअन्तर्गत सञ्चालन हुनेछ। तालिमको लागि इच्छुक आवेदकले २०८२ साल […]
‘नझरेका फूलहरू पलेँटी’ को ४४औँ शृङ्खला, कवि सिजन श्रेष्ठको विशेष प्रस्तुति रहने
सुन्दरहरैँचा । ‘नझरेका फूलहरू पलेँटी’ ले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान सहित ४४ औँ शृङ्खला को आयोजना गर्न्व भएको छ । कार्यक्रममा यसपटक चर्चित युवा कवि सिजन श्रेष्ठले कविता र गजल प्रस्तुत गर्ने भएका छन्। साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित केपी घिमिरेको एकल प्रयासमा […]
काङ्ग्रेस सुन्दरहरैंचाको सभापतिमा पोखरेलको उम्मेदवारी रहने
सुन्दरहरैंचा । नेपाली कांग्रेस सुन्दरहरैंचाको आसन्न नगर अधिवेशन नजिकिँदै गर्दा नगर सभापतिको पदका लागि वर्तमान सचिव होमनाथ पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। संगठनभित्र लामो समयदेखि सक्रिय रहेका पोखरेल स्पष्ट धारणा, सशक्त अभिव्यक्ति र व्यवहारिक क्षमताका कारण युवा पुस्ताको आशाको केन्द्र बन्न पुगेका छन्। पोखरेलको उम्मेदवारीलाई कांग्रेसभित्र युवा पुस्ताको नेतृत्व स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ। […]





