मुख्य समाचार राजनीति

काङ्ग्रेस सुन्दरहरैंचाको सभापतिमा पोखरेलको उम्मेदवारी रहने

सुन्दरहरैंचा । नेपाली कांग्रेस सुन्दरहरैंचाको आसन्न नगर अधिवेशन नजिकिँदै गर्दा नगर सभापतिको पदका लागि वर्तमान सचिव होमनाथ पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। संगठनभित्र लामो समयदेखि सक्रिय रहेका पोखरेल स्पष्ट धारणा, सशक्त अभिव्यक्ति र व्यवहारिक क्षमताका कारण युवा पुस्ताको आशाको केन्द्र बन्न पुगेका छन्।

पोखरेलको उम्मेदवारीलाई कांग्रेसभित्र युवा पुस्ताको नेतृत्व स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ। स्थानीय राजनीतिक वृत्तमा उनको सक्रियता, संगठनात्मक योगदान र स्पष्ट अभिव्यक्तिका कारण समर्थन बढ्दो क्रममा रहेको छ ।

पोखरेल कोइराला समुहका व्यक्ती हुन । तर उनी कोइराला समूह भएता पनि काङ्ग्रेस भित्रको समुहको विरोध गर्दै सबै समूह सग नजिक रहेका छन् ।

काङ्ग्रेस सुन्दरहरैंचामा अहिले नेतृत्व परिवर्तनको बहस चुलिएको छ। अनुभवी नेतृत्वसँगै युवालाई मौका दिने माहोल बनिरहेको सन्दर्भमा, पोखरेलको उम्मेदवारीले पार्टीभित्र नयाँ सोच र जोशसहितको नेतृत्व आउने संकेत मिलेको छ।

काङ्ग्रेस सुन्दरहरैंचाको सभापती बन्न दर्जनौ नेता कार्यकर्ताको नाम चर्चामा छ । काङ्ग्रेस सुन्दरहरैंचाको सभापती बन्न मिलन श्रेष्ठ, लक्ष्मी न्यौपाने, हरि बस्नेत, हरी पौडेल लगायतको नाम चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *