सुन्दरहरैंचा । माघ ३० गते देखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो-४ मा आज शुक्रबार चौथो दिन पप गायक मिस्टर डिको प्रस्तुति रहने भएको छ । फागुन १० गते सम्म आयोजना हुने उक्त एक्स्पोमा रात्रीकालिन सांस्कृतिक कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । एक्स्पोमा दिउँसो स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ भने विभिन्न संघसंस्थाले एक्स्पो स्थल […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैंचा विराट एक्स्पोमा ५ हजार दर्शकको घुइचो
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा आज देखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पोमा ५ हजार भन्दा बढिको उपस्थिति रहेको छ । सुन्दरहरैंचा विराट एक्स्पोमा आज पहिलो दिन हास्यकलाकार मनोज गजुरेल र गायक दुर्गेश थापाको प्रस्तुती रहेको थियो । सुन्दरहरैंचा विराट एक्स्पोका सुचना तथा प्रचार विभागका संयोजक कृष्ण ओझाका अनुसार आज पहिलोदिन ५ हजार भन्दा बढी दर्शकको […]
सुन्दरहरैंचा नगरपालिकाले गर्यो जग्गा वर्गिकरणको विवरण सार्वजनिक
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले जग्गा वर्गिकरणको विवरण सार्वजनिक गरेको छ । भुउपयोग सम्बन्धी ऎन २०७६ र भुउपयोग नियमावली २०७९ बमोजिम जग्गा वर्गीकरणको विवरण नगरपालिकाले सार्वजनिक गरेको हो । जग्गाको वर्गीकरण विवरण नगरपालिकाको वेवसाइट www.sundaraharaichamun.gov.np बाट हेर्न सकिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको वेवसाइट हेरी आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न इच्छुक व्यक्तिले १५ दिन भित्र […]
सुन्दरहरैंचा विराट एक्स्पो: विधार्थीलाई ज्योतिष सम्बन्धि प्रशिक्षण दिदै
सुन्दरहरैंचा । नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले मङ्गलबार सुन्दरहरैंचाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ज्योतिषसम्बन्धी आधारभूत प्रशिक्षण दिएको छ । परिषद्को दोस्रो बोर्ड बैठक तथा प्रशिक्षण कार्यक्रम आज सुन्दरहरैंचाको औद्योगिक प्रदर्शनी स्थलमा सम्पन्न भएको हो । सिद्धार्थ सेकेण्डरी स्कुल र ब्राइट फ्युचर सेकेण्डरी स्कुलका १ सय जना विद्यार्थीलाई परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला तथा निवर्तमान कोशी […]
काङ्ग्रेसमा शेखर समूह छैन: गगन थापा
विराटनगर । नेपाली काङ्ग्रेसमा शेखर समूह नरहेको काङ्ग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन् । उनले आफू महाधिवेशनमा शेखर कोइराला सभापति भएको समूहबाट महामन्त्री भए पनि त्यो समूह आफ्नै भएको दाबी गरेका छन् । उनले एक कार्यक्रममा भनेका छन् “त्यो समूह मैले बनाएको हो । म त्यो समूहबाट निस्किएको छैन ।” थापाले अहिले आफूले १५ औँ […]





