
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले जग्गा वर्गिकरणको विवरण सार्वजनिक गरेको छ । भुउपयोग सम्बन्धी ऎन २०७६ र भुउपयोग नियमावली २०७९ बमोजिम जग्गा वर्गीकरणको विवरण नगरपालिकाले सार्वजनिक गरेको हो ।


जग्गाको वर्गीकरण विवरण नगरपालिकाको वेवसाइट www.sundaraharaichamun.gov.np बाट हेर्न सकिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको वेवसाइट हेरी आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न इच्छुक व्यक्तिले १५ दिन भित्र नगरपालिकामा निवेदन दिन समेत नगरपालिकाले आग्रह गरेको छ ।











