
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित बुधबारे बजार क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गमा हायसको ठक्करबाट एक महिला घाइते भएकी छन् ।


पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ४१५६ नम्बरको हायसले बाटो क्रस गर्दै गरेकी साइकलयात्री महिलालाई ठक्कर दिएको हो ।

घाइते महिलाको स्थानिय सुकुना सामुदायिक हस्पिटलमा उपचार भइरहेको छ।









