
सुन्दरहरैंचा । इन्द्रपुर जेसिज द्वारा आयोजित अभिमुखिकरण तालिम कार्यक्रम शनिबार इन्द्रपुर जेसिज सचिवालयमा सफलतापूर्वक सम्पन्न भएको छ।


कार्यक्रम मार्फत इन्द्रपुर जेसिज मा ३० जना तथा इन्द्रपुर जुनियर जेसिज मा २० जना गरी जम्मा ५० जना नयाँ सदस्यहरू औपचारिक रूपमा आबद्ध भएका छन्।

कार्यक्रममा अध्यक्षता इन्द्रपुर जेसिजका अध्यक्ष समिर बस्नेतले गरेका थिए भने प्रमुख अतिथि जेसी रोहित शाह रहेक थिए ।
नवप्रवेशी सदस्यहरूलाई संस्थाको लक्ष्य, उद्देश्य तथा कार्यप्रणालीबारे जानकारी गराउनुका साथै नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा संस्थाका सदस्यहरु तथा पूर्व अध्यक्षहरूको उल्लेख्य उपस्थिति रहेको थियो।









