कोशी प्रदेश मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसमा १७४ जना विधार्थीले पाए छात्रवृत्ति

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसले विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । क्याम्पसले क्याम्पस सञ्चालक परिषदको बैठकको अवसर पारी विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।

क्याम्पसमा स्थापना भएको अक्षयकोष र विभिन्न संघसंस्थाहरुको सहयोगमा क्याम्पसले १७४ जना विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको क्याम्पस प्रमुख अर्जुन अधिकारीले बताए । उनले १३ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण गरेको बताए ।

क्याम्पसले हरेक वर्ष विधार्थीहरुलाई अक्षकोष तथा विभिन्न संघसस्थाहरुको सहयोगमा छात्रवृत्ति वितरण गर्दै आइरहेको छ । क्याम्पस प्रमुख अर्जुन अधिकारीले छात्रवृत्ति पाउने विधार्थीहरुको संख्या र अक्षकोषको वृद्धि गर्नका लागि क्याम्पस सञ्चालक परिषदको बैठक पछि १५ दिने अभियान समेत चलाउने बताए ।

छात्रवृत्ति वितरण कार्यक्रम क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा छात्रवृत्ति वितरण कार्यक्रमका संयोजक ललितबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *