
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९ मा रहेको केएफसी फर्निचरले आफ्न ग्राहकलाई उपहार वितरण गरेको छ । फर्निचरले ग्राहकलाई घरायसी सामाग्री उपहार स्वरुप दिएको हो ।


फर्निचरले सञ्चालन गरेको फर्निचर एक्स्पोको दशै, तिहार, छैठ विशेष कार्यक्रमको चिठ्ठा मार्फत ग्राहकलाई उपहार वितरण गरेको हो । शनिबार फर्निचर सोरूममा एक कार्यक्रम आयोजना गरी १४ जना ग्राहकलाई उपहार प्रदान गरिएको सञ्चालक नारायण कार्कीले बताए ।

केएफसी फर्निचर स्वोरुमले केएफसी फर्निचरबाट सामान गरिद गर्दा खरिदकर्ता ग्राहकलाई विभिन्न प्याकेजमा कुपन नम्बर उपलब्ध गराउदै आएको थियो । उक्त कुपन नम्बरको आधारमा स्वोरुमले आज लक्की ड्र मार्फत १४ जना ग्राहकलाई विभिन्न घरायसी सामाग्री साथै पाथिभरा दर्शन सम्मको व्यवस्था गरेको हो ।
जसमा कुपन नम्बर १२१ सिता अधिकारीलाई टि–टेवल परेको छ । यसैगरी कुपन नम्बर ८० मन्दिरा रिजाल मन्दिर दर्शन , कुपन नं. १२८ रुमादेवी वराल मन्दिर दर्शन, कुपन नं. ६६ मन्दिरा रिजाल मन्दिर दर्शन , कुपन नं. १२३ सिता अधिकारी मेट्रेस, कुपन नं. ९७ चन्द्रा कार्कीलाई डिस्पोजल घरायसि सामान परेको छ ।
यस्तै कुपन नं. १४५ आवर इङ्लिस बोडिङ् स्कुल मन्दिर दर्शन, कुपन नं. ९८ चन्दा कार्की सिरानी २ धान, कुपन नं. २४ यममणी अधिकारी वेतको हेङ्गर, कुपन नं. ६३ विमला बुढाथोकी मन्दिर दर्शन, कुपन नं. ८९ प्रकाश गौतम गलैंचा, कुपन नं. ३२ जानुका थापा मन्दिर, कुपन नं. २०८ नकुल राई कुर्सी ५ थान, कुपन नम्बर १२९ रूमादेवी बराललाई ल्यापटप टेबल १ थान परेको छ ।









