कोशी प्रदेश मुख्य समाचार

‘वास्तु भूषण अवार्ड’द्वारा निरौला सम्मानित

सुन्दरहरैंचा । नेपाल ज्योतिष परिषद् कोशी प्रदेशका अध्यक्ष बाबुराम निरौला हालै सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा ‘वास्तु भूषण अवार्ड’बाट सम्मानित भएका छन्।

विश्व ज्योतिष महासंघको आयोजनामा सम्पन्न उक्त सम्मेलनमा वास्तु विज्ञानको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै निरौलालाई सम्मान प्रदान गरिएको हो। निरौला विगत दुई दशकभन्दा बढी समयदेखि ज्योतिष, वास्तु र तन्त्रविद्यामा समर्पित रहँदै आएका एक विज्ञ व्यक्ति हुन्।

वास्तुशास्त्रका सैद्धान्तिक र व्यवहारिक पक्षमा निरन्तर अनुसन्धान, परामर्श र प्रशिक्षणमार्फत समाजमा चेतना फैलाउँदै आएका उनले कोशी प्रदेशमा मात्र नभई राष्ट्रिय ज्योतिष वृत्तमै आफ्नो विशेष पहिचान बनाएका छन्।

सञ्चार क्षेत्रका पनि एक सक्रिय रहेका निरौला रेडियो सुसेलीका कार्यकारी प्रमुखको रूपमा कार्यरत छन्। त्यस्तै, नेपाल पत्रकार महासंघ मोरङ शाखामा कार्यसमिति सदस्यको रूपमा पनि उनले आफ्नो जिम्मेवारी सम्हालिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *