
बेलबारी । बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । खानेपानीमा आर्थिक अनियमितता भएको भन्दै केही महिना अघी देखी उपभोक्ता समितिहरुले नयाँ नेतृत्व ल्याउन निर्वाचनको माग गरेका थिए । जसका कारण खानेपानीको असोज २७ गते निर्वाचन हुँदैछ ।


अध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन । नेपाली काङ्ग्रेस बाट अध्यक्षमा किशोर कुमार कार्की, गठबन्धन ( नेकपा एमाले,माओबादी, समाजवादी) बाट दुर्गा प्रसाद गौतम, गठबन्धन (रास्वपा,राप्रपा) बाट भोला गौतमले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन ।

बेलबारीको विभिन्न संघ सस्थामा राजनीतिक भागबण्डामा सहमती भए पनि खानेपानीको निर्वाचनमा सबै राजनीतिक दलहरुले उम्मेद्वारी दर्ता गरेका छन । अन्य संघ सस्थामा काङ्ग्रेस, माओबादी, समाजवादी एक भए पनि खानेपानीको निर्वाचनबाट बेलबारीमा गठबन्धन तोडिएको छ ।









