
बेलबारी । बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि असोज २७ गते निर्वाचन हुँदैछ । खानेपानीको अध्यक्ष पदका लागि तीन जनाले उम्मेद्बारी मनोनयन मंगलबार गरेका छन ।


नेपाली काङ्ग्रेसबाट किशोर कुमार कार्की, गठबन्धन ( नेकपा एमाले,माओबादी, समाजवादी) बाट दुर्गा प्रसाद गौतम, गठबन्धन (रास्वपा,राप्रपा) बाट भोला गौतमले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन ।

उम्मेद्वार मनोनयन दर्तासंगै बेलबारी खानेपानीमा काङ्ग्रेसबाट उम्मेद्वार बनेका कार्कीले आफुले सहजै रुपमा जित हासिल गर्न सक्ने दावी गरेका छन । खानेपानीमा भएको भ्रष्टाचारलाई अन्त्य गर्न र जनतालाई स्वच्छ र शुद्ध पानी उपलब्ध गराउन आफ्नो उम्मेद्बारी रहेको कार्कीले बताए ।
बेलबारी खानेपानीको निर्वाचनमा आफु जित्नेमा ढुक्क रहेको बताउँदै मेरो क्षमतालाई कदर गर्दै बेलबारी खानेपानीमा आबद्द रहेका उपभोक्ता दाजुभाई दिदीबहिनी सबैले जिताएरै छाड्ने कार्कीले दावी गरे ।
नेपाली काँग्रेसको बिभिन्न ओहदामा बसेर काम गरेका कार्की नेपाली काँग्रेस बेलबारी नगरको उपसभापति भईसकेका ब्यत्ति हुन । पार्टीमा ईमान्दार र कुशल क्षमता भएको ब्यत्तिका रुपमा परिचय बनाएका उनी एक सफल ब्यबसायी समेत हुन । बेलबारी ३ मै हुर्किएका उनी सबैभन्दा बढी उपभोत्ता समेत बेलबारी ३ मै रहेका कारण अन्य उम्मेद्वारलाई टक्कर दिन सक्ने उम्मेद्वारका रुपमा हेरिएका छन ।
बेलबारी खानेपानीमा हाल सम्म दुई हजार भन्दा बढी उपभोक्ताहरु रहेका छन । तिनै उपभोक्ताहरुले यस पटकको निर्वाचनमा मतदान गर्न पाउने छन । सबै भन्दा बढी मतदाता बेलबारी तिनमा नै रहेको कारण पनि कार्की अन्य उम्मेद्वार भन्दा बलियो उम्मेद्वारको रुपमा रहेका छन ।









