
विराटनगर । धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिने आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी प्रहरीले आज (मंगलबार) साँझ उनलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएको हो।


आचार्य श्रीनिवासले केही दिनअगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए । गाई काटेर खानेलाई काट्न उक्साउँदै उनले त्यसको जिम्मेवारी लिने आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो।










