राजनीति

शर्माको चर्को बोली, गठबन्धनमा समस्या

विराटनगर । सांसद सुनिल शर्मा भ्रष्टचारको कुरामा खरो उत्रिन थालेपछी यसको असर काङ्ग्रेस पार्टी देखी गठबन्धन सरकार सम्म देखिन शुरु भएको छ । सुनकाण्डमा मूल आरोपीलाई उम्काएर भरिया मात्र पक्रेको भन्दै आपत्ति जनाउँदै आएका उनले सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै आएका छन् ।

उनले निरन्तर अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग्दै आएका छन । उनले आफ्नो माग पुरा गराउन आमरण अनसन समेत बस्ने घोषणा गरिसकेका छन । शर्माले बारम्बार गठबन्धन तर्फका नेताहरुलाई लक्षित गर्दै बोल्न थाले पछी गठबन्धन भित्र पनि प्रश्न उठ्न थालेको छ ।

शर्मालाई फकाउन यतिबेला काङ्ग्रेसका केन्द्रिय नेताहरु सक्रिय बनेका छन । गठबन्धनमा नै समस्या आउने भन्दै शर्मालाई पछी हट्न आग्रह गरेको स्रोतले बताएको छ । तर शर्माले सुनकाण्डमा मुख्य नाइकेको संलग्नता भण्डाफोर गरेरै छाड्ने बताउदै आएका छन । शर्माले भ्रष्टचारको बिषयमा आफुले पार्ती हेर्दै नहेर्ने बताउदै आएका छन ।

शर्माले आफ्न क्षेत्रका नागरिकअले तिरेको करमा कसैले भ्रष्टचार गर्न नपाउने र त्यसलाई नछाड्ने बताएका छन । शर्मा राज्यले दिएको सांसद भत्ता नलिने सांसदमा पर्दछन । उनले निर्वाचन जिते लगतै सांसद भत्ता नलिने घोषणा गरेका थिए ।

शर्माले आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं ३ का नागरिकलाई स्वास्थ्य क्षेत्रमा निशुल्क सेवा समेत दिदै आएका छन । शर्मा यती बेला तपोवनमा ध्यान गर्दैछन । उनले देशमा कानुनको धज्जी उडेको बेला, देशमा भ्रष्टचार मौलाएको बेला भ्रष्टचार विरुद्द स्लड्न शक्ती मिलोस भन्दै प्राथना गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *