
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ स्थित सलकपुरमा जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ । मंगलबार राती २ बजे सलकपुर स्थित खानेपानी ट्याङ्की छेउको वस्तीमा हात्ती पसेको थियो ।


हात्तीले स्थानिय बिनोद मण्डलको घर भत्काएको हो । भण्डारीको घर भित्र राखिएको अन्न, पिठो समेत हात्तीले खाएको हो ।

एक तले टाढे घर रहेको भण्डारीको घरको टाटि भत्काएर घरको बिम भाचेर घर ढलाई दिएको स्थानियले बताएका छन । केही दिन अघि सोही स्थानबाट करिब २/३ किलोमिटर पुर्व खोर्सानेमा एक हात्तीको मृत्यु समेत भएको थियो ।
झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा हात्तीको बथान ठूलो संख्यामा रहेको छ । साझ परेपछी हात्तीहरु जंगल नजिकैको वस्तीमा पुगेर आतंक मच्चाईरहेका छन ।









