कोशी प्रदेश

बेलबारीमा मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

बेलबारी । मोरङको बेलबारी नगरपालिका-२ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे २ बजे पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको को. ३६ प ९३६८ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक ईलाम चुलाचुली नगरपालिका-२ का ४४ वर्षीय रमेश राई र पछाडि सवार ७२ वर्षीय भिम बहादुर राई घाईते भएका थिए ।

घाईते दुबैलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा भिम बहादुर राईको मृत्यु भएको हो । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *