मुख्य समाचार राजनीति

जिल्लामा हारेको बदला प्रदेशमा लिए खतिवडाले

सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन । सहमतीको प्र्यासमा केन्द्र र प्रदेशका नेताहरु जुटे पनि अन्तत कोशी प्रदेशमा सहमति जुट्न सकेन । जसका कारण कोशी प्रदेशमा १४ गते नयाँ नेतृत्व चयन गर्न निर्वाचन गर्नु पर्‍यो ।

कोशीमा अध्यक्ष पदमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा रहेका थिए । एमाले अध्यक्ष केपी ओलेले समेत यस पटक खतिवडालाई समर्थन गरेपछी अन्तिमा समयमा खतिवडा पक्षमा माहोल बनेको थियो । नेकपा एमाले मोरङको पाचौ अधिवेशनमा समेत उनै खतिवडा र ढकाल प्रतिस्पर्धामा रहेका थिए । त्यती बेला मोरङ अध्यक्षमा ढकाल निर्वाचित भएका थिए । ढकाललाई त्यसबेला भने ओलीले समर्थन गरेका थिए ।

यो जीतसँगै खतिवडाले एमाले मोरङको पाचौं जिल्ला अधिवेशनमा ढकालसँग भोगेको हारको बदला पनि लिएका छन् । खतिवडाले ५१२ मत प्राप्त गरेका छन भने ढकालले ४३० मत प्राप्त गरेका छन । खतिवडा मोरङको भूगोलबाट राजनीति गरेका एमालेका इमानदार र निष्ठावान नेता हुन् । उनी मदन भण्डारीसँग समेत काम गरेका नेता हुन् ।

कुनै बेला ढकाल अध्यक्ष ओलीको विश्वाशिलो पात्रको रुपमा चिनिन्थे । उनलाई धेरैले दोस्रो केपी ओली समेत भन्ने गर्थे । त्यही विश्वासमा उनले एमाले मोरङको अध्यक्षमा निर्वाचित भएका थिए । तर पछील्लो समय ढकालले ओलीको कतिपय कुरामा फरक मत राखेकै कारण ढकाल ओली समुहबाट अलग्गिन पुगे । ढकाललाई स्थायी कमिटी सदस्य भिम आचार्य र योगेश भट्टराईले समर्थन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *