कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा अवैध खोला उत्खनन् गरिरहेको ट्याक्टर पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ स्थित बुढिखोलामा अवैध रुपमा खोला उत्खनन् गर्दै गरेको ट्याक्टरलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो को १ त ६२४२ नम्बरको ट्याक्टरलाई खोलामा बालुव/गिटि उत्खनन् गर्दै गरेको अवस्थामा नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नगरपालिकाले तोकेको निशेधित क्षेत्रमा गिटि/बालुवा उत्खनन् गर्दै गरेको उक्त ट्याक्टरलाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमामा लिएको उक्त ट्याक्टरलाई आवश्यक कार्वाहीको लागि नगरपालिका ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *