
सुन्दरहरैंचा । मोरङको विराटचौकबाट पूर्वलाई लक्षित गरि सञ्चालनमा रहेको बग्गी एप्समा ग्राहकलाई लक्षित गरि अहिले फ्रि होम डेलिभरी अफर चलाईएको छ ।


बग्गीमा आबद्ध रहेका जुनसुकै होटलका परिकार घरमा मगाउँदा अब होटलकै दाममा परिवारका साथ बसेर खान सकिने भएको छ ।बग्गीले यस अघी लिदै आएको डेलिभरी चार्ज अहिले निशुल्क गरेको सञ्चालकले जानकारी दिए ।

बग्गी एप्समा हाल फूड डेलिभरी, हेण्डिम्यान तथा राईड सेयरिङ सर्भिस उपलब्ध रहेको छ । बग्गीको सेवा अहिलो मोरङको सुन्दरहरैँचा र ईटहरी क्षेत्र भित्र सञ्चालनमा रहेको छ । दशैँ अगाडी नै बग्गीले विराटनगरमा आफ्नो सेवा सञ्चालन गर्न लागेको समेत सञ्चालकले बताए ।









