
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले “उत्कृष्ट ढुकुर जोडी” कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरले चौधौं नगर सभाको ०८१/०८२ को बजेट मार्फत उक्त कार्यक्रम ल्याएको हो ।


नगरमा सम्बन्ध विच्छेदका घटनालाई न्यूनीकरण गर्नका लागि न्यायिक समितिका नितिहरु मार्फत सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले सो कार्यक्रम अगाडि ल्याएका हुन ।


नगरले आज सोमबार चौधौं नगर सभा सम्पन्न गरेको छ । उक्त सभाले ०८१/०८२ का लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २ सय ४८ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।









