कोशी प्रदेश मुख्य समाचार

ग्रामथानमा आगोले जलेर महिलाको मृत्यु

ग्रामथान । मोरङको ग्रामथान गाउँपालिका-४ मोतिपुर स्थितमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीया भेडियन देवी माझी रहेकी छन् ।

हिजो आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जली उनी घाईते भएकी थिइन । उनलाई उपचारको लागी आर्या न्युरो अस्पताल बिराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमाटमको लागि कोशी अस्पताल बिराटनगर पठाउनुका साथै थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *