कोशी प्रदेश मुख्य समाचार

सहमहामन्त्री फागोको पहलमा लावाखोला खानेपानी संघर्ष समितीलाई आर्थिक सहयोग

उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको पहलमा ‘लावाखोला खानेपानी संघर्ष समिती’ लाई आर्थिक सहयोग प्रदान भएको छ । मोरङ जिल्लाको १७ वटा स्थानिय तहमध्ये जिल्लाको उत्तरपूर्वी भागमा रहेको मिक्लाजुङ गाउपालिकाको वडा नम्वर २, ३ र ४ का जनतालाई खानेपानी खुवाउने अभियानलाई सार्थकता दिन सहमहामन्त्री फागोको टिम सहित पुगेको टोलीले ५५ हजार २ सय ५० रुपैया आर्थिक सहयोग गरेको हो ।

करिव १५८.९८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो पालिकाको अधिकाशं भु-भाग सुख्खा पाहाडी क्षेत्रले ओगटेको छ । सुख्खा पहाडी क्षेत्रले ओगटेकै कारण यस पालिकामा मोरङ जिल्लाका अन्य स्थानिय तहहरुको तुलनामा यहा स्वच्छ खानेपानी र कृषि योग्य जामिनमा सिचाई गर्न पर्याप्त पानी छैन । पर्याप्त पानीकै अभावका कारण कतिपय स्थानियहरु यस पालिकाबाट बसाई सर्ने क्रम पनि निरन्तर बढ्दै गएको छ ।

तर पछिल्लो समय स्थानिय सरकार र स्थानिय युवाहरुले लावाखोला संघर्ष समिती गठन गरेर लावाखोलाको पानी बस्तीका घरघर सम्म पुर्‍याउने अभियानमा जोडिएको संघर्ष समितीका संयोजक पारस मिभक बताउछन । २०७८ सालको जनगणना अनुसार करिव ३३,१६७ जनसख्या रहेको यस पालिकाको वडा नम्वर २, ३ र ४ अर्धपहाडी वडामा पर्दछन् यि वडामा रहेका करिव १० हजार जनसख्यालाई पर्याप्त मात्रामा खानेपानी पुर्‍याउने लक्ष्यका साथ अभियानलाई तिव्रता दिइएको छ ।

युवाहरुले स्थानिय सरकार र सहयोगी मनहरु, सामाजिक व्याक्तित्व, समुदाय र बैदेशिक रोजगारीमा गएका नेपालीहरुको आर्थिक सहयोगमा अभियानलाई अगाडी बढाईरहेका बेला पानी खुवाउने जस्तो पवित्र कार्यमा आफुले सक्ने सहयोग जुटाएर अभियानको यात्रामा होस्टेमा हैसे गरेको सहमहान्त्री फागोले बताए ।

फागो मिक्लाजुङ सग सिमाना जोडिएको उर्लाबारी नगरपालिकाका पुर्व मेयर समेत हुन फागो सहित नेपाली काग्रेसका युवानेताहरु टंक राई, सोम प्रसाद तिम्सीना, गोपाल कटवाल र कांग्रेसमा आब्द्ध युवाहरु जनश्रमदान भईरहेको स्थानमा पुगेर आर्थिक सहयोग हस्तानतरण गरेका थिए ।

भुगोलका हिसावले ठुलो तर भौगोलिक संरचना अनुसार कठिन पालिकाका रुपमा रहेको यस पालिकाका बासीन्दालाई स्वच्छ खानेपानी खुवाउने अभियानमा गाउपालिकाले बार्षिक रुपमा छुट्यादै आएको बजेट मार्फत १० लाख रुपैया बजेट वितरण गरेको गाउपालिकाका अध्यक्ष बबिकुमार राईले बताए ।
राईले भन्नुभयो-मिक्लाजुङबासीलाई खानेपानीको अभावबाट आफ्नै कार्यकालमा मुक्त गराउन प्रदेश र संघिय सरकार सग पटक-पटक पहल गरी खानेपानीको दिर्घकालिन समधानका लागि काम अगाडी बढीरहेको छ ।

गाउपालिकाको कार्यालय रहेको स्थान देखी करिव २५ किलोमिटर टाढा रहेको वडा नम्वर-१ को पहाडी भुभाग रमिते डाडाको खोचबाट निरन्तर बग्ने लावाखोलाको पानीलाई पाइपलाइन बाट एकिकृत गरी तराई झार्ने अभियानले सार्थकता पाए ५० औ बर्ष देखी खानेपानीको अभाव खप्दै आएका मिक्लाजुङवासीले स्वच्छ खानेपानी खानपाउनेमा आशा पुरा हुने देखीन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *