
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा हिजो शुक्रबार मोटरसाइकल दुर्घटना भएको छ । वडा नं ११ बेलेपुर स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।


घाइते हुनेमा पथरिशनीश्चरे वडा नं १ बस्ने वर्ष ३८ को नविन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उतरबाट दक्षिण तर्फ जादै गरेको को ११ प १५२९ नं.को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको को ३० प ४३४३ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खादा को ३० प ४३४३ नं.को मोटरसाइकल चालक श्रेष्ठ घाइते भएका हुन ।

को ११ प १५२९ नं.को मोटरसाइकल चालक पथरिशनीश्चरे वडा नं २ बस्ने वर्ष २८ को प्रेमराज तिम्सिना ईलाका प्रहरी कार्यलय बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।









