कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाबाट लागुऔषध सहित दुईजना पक्राउ

सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय बेलबारीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई सोमबार राती पक्राउ गरेको छ । प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ बाट दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीले सुन्दरहरैंचा वडा नं ६ बस्ने वर्ष २६ को  कमल मगरको घरबाट प्लास्टिकमा पोको पारेको ब्राउन सुगर जस्तो देखिने पदार्थ ४.३० ग्राम खैरो धुलो, स्पास्पेन ९२ ट्याब्लेट, ट्रमाडोल २१० क्याप्सुल, डेकोलिङ ८६ ट्याब्लेट, स्पास्मो ३५ ट्याब्लेट सहित मगरलाई पक्राउ गरेको हो ।

त्यस्तै सोही वडाबाट वर्ष ३७ को मनिस लिम्बुको घरबाट प्लास्टिकमा पोको पारेको ब्राउन सुगर जस्तो देखिने पदार्थ २.९७ ग्राम खैरो धुलो सहित लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

मगर र लिम्बू दुई जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *