कोशी प्रदेश मुख्य समाचार विजनेश

सुन्दरहरैँचाको खोर्सानेमा मिनि मेला लाग्दै

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकामा भाद्र २५ गते देखी मिनी मेला लाग्ने भएको छ । सुन्दरहरैँचा नगरपालिकामा रहेको सुन्दर खोर्साने युवा क्लबले “खोर्साने तेस्रो मिनी मेला” आयोजना गर्ने भएको हो ।

क्लबले आईतवार पत्रकार सम्मेलन गर्दै मेलामा स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा राष्ट्रीय तथा र स्थानीय कलाकारको बेजोड प्रस्तुति समेत रहने बताइएको छ ।

मेला सञ्चालनगर्न ३२ लाख अनुमानित लागत लाग्ने बताएको छ । वडा नम्बर १२ स्थित खाेर्साने मा “खोर्साने तेस्रो मिनि मेला” लाग्ने भएको हो । मेला १९ दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *