कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा हावाहुरीले घरको छानो उडायो

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ स्थित अनुकुल टोलमा रहेको विनोद दाहालको घरको छानो बुधबार मध्य राती आएको हावाहुरीले उडाएको छ ।  घरको छानो उडाएपछि उक्त पिडित दाहाल परिवार बिचल्लीमा परेका छन् ।

छानो उडाएपछि पानीले घरका सबै कपडा भिजेका छन् । रातको समयमा खुल्ला आकाश मुनि  कसरी बस्ने भन्ने चिन्ताले सताएको पिडित दाहालले बताए । उनले अन्य कतै हावा नआएको एक्कासी भुमरी जस्तो आएको हावाहुरीले घरको टिनको छानो उडाएको बताए ।

हावाहुरीले टिनको छानो उडाएपछी उनी सग घरमा भएको खाधान्न लत्ताकपडा सबै भिजेर नष्ट भएको छ । करिब २ लाखको हाराहारीमा क्षती भएको उनले बताए । सुन्दरहरैंचा नगरपालिका वडा नं ४ का वडाध्यक्ष कैलाश बस्नेतले वडाले राहत सामाग्री उपलब्ध गराउने बताए । उनले अहिले वडाले प्रहरीको सायोगमा मुचुल्का उठाउने कार्य भएको र वडाले क्षतिको स्टेटमेन्ट तयार पारी राहत सामाग्री उपलब्ध गराउने बताए ।

भारतमा आएको ठूलो आधिले नेपालमा समेत प्रभाव पारेको छ । नेपालका पुर्वी तराईमा पानी सहितको हावाहुरी आइरहेको छ । बिहिबार बिहान सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई र वडाध्यक्ष कैलाश बस्नेतले हावाहुरीले क्षती गरेको स्थानमा स्थलगत अनुगमन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *