
सुन्दरहरैचा । माछापुच्छ्रे बचत तथा ऋण सहकारी सस्थाले बचतकर्ताको रकम फिर्ता नदिएपछी बचतकर्ताहरुले आन्दोलनको कार्यक्रमा शुरु गरेका छन । आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग सहित सुन्दरहरैचामा शनिबार देखी माछापुछ्रे बचत तथा ऋण सहकारीमा बचत् गर्ने चिरञ्जिवी भट्टराईले आमरण अनसन शुरु गरेका छन ।


विराटनगर कार्यक्षेत्र भएको माछापुच्छ्रे सहकारीले सुन्दरहरैचाका करिब ७४ जना बचतकर्ताहरुबाट ५९ लाख भन्दा बढी रकम उठाएको थियो । सहकारीको कार्यक्षेत्र सुन्दरहरैचामा नरहेता पनि स्थानिय व्यक्ती मोहन दाहाल र टिका दाहाललाई सहकारीको कालेक्टर बनाएर सहकारीले उक्त रकम उठाएको थियो ।

तर सहकारीले उक्त रकम बचतकर्तालाई फिर्ता नदिएपछी शनिबार देखी भट्टराई सहकारीका कालेक्टर मोहन दाहाल र टिका दाहालको घरमा आमरण अनसन बसेका हुन । भट्टराई आफ्नो रकम फिर्ता नदिए सम्म आफुले आमरण अनसन नतोड्ने बताउदै आएका छन । सहकारीले श्रावण ४ गते सम्म बचतकर्ता सबैको रकम फिर्ता गर्ने म्याद मागेको थियो तर ६ गते सम्म पनि रकम फिर्ता नगरेपछी आफु आमरण अनसन बस्न वाध्य बनेको भट्टराईले बताए ।
शनिबार बिहान ९ बजे देखी माछापुच्छ्रे सहकारी र सुन्दरहरैचा उधोग वाणिज्य संघ बिच दोहोरो छलफल भएता पनि छलफल बिबा निष्कर्ष सकिएपछी बचतकर्ताहरु झनै आक्रोशित बनेका छन ।









