
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलका शतप्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । यस वर्ष सिद्धार्थका ६२ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।


सिद्धार्थमा अध्ययनरत ६२ जना विद्यार्थी मध्ये ३९ जनाले ३.६१ देखि ३.९६ (A+), २२ जना विद्यार्थीले ३.२६ देखि ३.५८ (A) र एक जना विद्यार्थीले २.८६ (B+) ल्याएका छन् ।

एसईईको परीक्षाफल आज बिहीबार सार्वजनिक भएको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।









