कोशी प्रदेश विजनेश

सुन्दरहरैंचामा “स्थानीय बैक सँग निजी क्षेत्र” अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा “स्थानीय बैक सँग निजी क्षेत्र” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचौक स्थित सार्वजनिक शौचालयको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा निजी क्षेत्रको समस्यामा बैकहरूको भूमिकाको विषयमा छलफल भएको थियो । कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले निजी क्षेत्रले हाल भोग्नु परेको समस्याको बारेमा बैकहरूलाई जानकारी गराएका थिए । अध्यक्ष कार्कीले आर्थिक मन्दीका कारण उत्पन्न समस्या न्यूनीकरणमा आपसी सहयोगका लागि अन्तरक्रिया कार्यक्रमबाट  समाधान खोज्न अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।

उनले बैंक तथा वित्तीय संस्था संग ऋणीहरुको किस्ता समयावधि लम्ब्याउन, ऋणका शिर्षक समायोजन गरिदिन, ऋण असुलीमा मात्र केन्द्रित नभई  ऋणीले ऋण तिर्ने आधार शिलाका मार्गहरु पहिचानमा सहयोग गरिदिन, व्यावसायीको व्यावसायको प्रकृति अवस्था हेरेर थप ऋण प्रदान गरि व्यावसाय पुनःस्थापन गर्न मद्दत गरिदिन, ऋण प्रक्रियामा  लैजानु  भन्दा अगाडी संघ संग सहकार्य गर्न अनुरोध गरेका छन ।

कार्यक्रममा बैकका प्रतिनिधिहरूले बैक र व्यवसायी एक अर्काका परिपूरक रहेको बताएका छन् ।  उनीहरूले एक अर्कालाई आरोप प्रत्यारोप लगाउनु भन्दा छलफलबाट समस्याको समाधान गर्न तिर जोड दिनुपर्ने बताएका थिए । उनीहरूले बैक सधैँ व्यवसायीहरू सँगै रहेको समेत प्रस्ट पारेका थिए ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका भित्र रहेका विभिन्न बैकहरूका शाखा प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *