
सुन्दरहरैंचा । सुन्दरहरैंचामा रहेको लायन्स क्लव अफ इन्द्रपुरले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं. ११ मा रहेको श्री हिमालय आधारभूत विद्यालयमा शिविर सम्पन्न भएको छ ।


लायन्स क्लव अफ इन्द्रपुरको आयोजना तथा नवदृष्टि आँखा अस्पताल इटहरीको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा तीन सय पाँच जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा ६ जनाको मोतिबिन्दुको निःशुल्क उपचार र ८१ जनालाई सहुलियत दरमा चस्मा वितरण गरिएको थियो । बाँकी व्यक्तिहरुको आँखाको चेकजाँच गरिएको थियो ।

विशेष गरी विद्यालयका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको सो शिविरमा अन्य व्यक्तिहरुले पनि आँखा परीक्षणको सेवा लिएका थिए । लायन्स क्लव अफ इन्द्रपुरका अध्यक्ष खगेन्द्र रिजालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईं र विशिष्ट अतिथि लायन्स क्लव अफ इन्टरनेस्नल ३२५सि. कोषाध्यक्ष अनुजा कोइराला रहेका थिए ।









