
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरगाईले नगरपालिकामा केही क्षेत्रमा केही मात्रामा कर बढेको स्विकार गरेका छन । शुक्रबार करवृद्धिविरुद्धको सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै गुरागाईँले सो कुरा बताएका हुन ।


ज्ञापनपत्र बुझाउँदै समितिका सदस्य दुष्यान्त भट्टराईले जग्गा बेचेर कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न करको दरमा पुनरावलोकन गर्नुपर्ने बताए । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख गुरागाईँले जग्गाको भूवर्गीकरण गर्ने क्रममा धेरै जनाले आफ्नो जग्गा कृषिमा राख्न नचाहेकाले सामान्य कर बढेको भन्दै नगरवासीलाई मार पर्ने गरी कर नबढाइएको बताए । तर बजारअंा आएको हल्ला जस्तो नगरमा कर भने नबढेको गुरागाईँले बताए ।

कसैले आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न चाहेमा नगरमा निवेदन दिएमा जग्गाको वर्गीकरण आइतबारदेखि परिवर्तन हुने ज्ञापनपत्र बुझाउने टोलीलाई नगरप्रमुखले आश्वासन दिए । करको दर नसच्याए भदौ ११ गतेदेखि थप सशक्त आन्दोलन गर्ने समितिले जनाएको छ । संघर्ष समितिले भदौ ११ गते सोमबार नगरपालिकाको कार्यालय अगाडि नागरिक स्तरका संघर्षका कार्यक्रमहरु समेत आयोजना गरिने बताएको छ ।









