
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित खोर्सानेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।


शुक्रबार दिउँसो खोर्सानेचोक स्थित पूर्व पश्चिम राजमार्गमा बेलबारीबाट विराटचोक तर्फ आउँदै गरेको को. १७ प २५४५ न.(१५० सिसि)को मोटरसाइकलले दक्षिण बाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन ।

घाइते हुनेमा पैदलयात्री सुन्दरहरैंचा नगरपालिका वडा नं ९ बस्ने वर्ष ३६ को रमेश खड्का र मोटरसाइकल चालक संखुवासभा पाँचखाल नगरपालिका वडा नं ५ बस्ने वर्ष २१ को विपिन कटुवाल रहेका छन् ।
घाइते पैदलयात्री खड्काको विराटचौक स्थित सुकुना सामुदायिक अस्पताल र मोटरसाइकल चालक कटुवालको स्थानीय सुरक्षा मेडिकलमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।









