कोशी प्रदेश मुख्य समाचार राजनीति

कोशीका मुख्यमन्त्री थापा कामचलाउ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा काम चलाउ मुख्यमन्त्री मात्र भएका छन । बिहीवार सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई मान्यता दिन नमिल्ने प्रारम्भिक निष्कर्ष निकालेको हो ।

४ भदौमा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिटमा सर्वोच्चले सुनुवाइ गर्दै मुख्यमन्त्री थापालाई १५ गतेसम्म काम चलाऊ सरकारका रुपमा काम गर्न आदेश दिएको हो । सर्वोच्चले कोशी प्रदेश सरकारविरुद्धको मुद्दालाई अग्राधिकार दिएर भदौ १५ गते पूर्ण सुनुवाइका लागि पेशी तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *