कोशी प्रदेश मुख्य समाचार समाचार

उर्लाबारीको वनभित्र भेटियो पुरुषको शव

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-७ मा बसोबास गर्ने ६० वर्षिय गगा बहादुर पौडेल मंगलबारे स्थित सालबारी सामुदयिक बनको क्षेत्रमा मृत फेला परेका छन ।

बुधवार दिउसो जंगलमा घासदाउरा गर्न गएकी एक स्थानिय महिलाले मानिस लडिरेको देखेपछि हल्लाखाल्ला गरेकी थिइन उनले हल्ला खल्ला गरेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।

मृतक पौडेलको शव पोष्टमार्टमका लागि उर्लाबारी-३ स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै विषादीको जस्तो देखिने बट्टा फेला परेको छ । विषादी सेवनबाटै मृत्यु भएको हो कि घटनाको अरु कुनै कारण छ भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *