
सुन्दरहरैंचा । नागरिकको चासाे गुनासो र जिज्ञासा समाधान गर्न सुन्दरहरैँचा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ३, ४, ५ र ६ को सार्वजनिक सुनुवाइ बिहिबार सम्पन्न गरेको हाे । सुन्दरहरैंचा ४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रम भएको थियो ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले यस आ.व.मा भएको याेजना विकास निर्माण राजस्व सङ्कलन, घटना दर्ता, हाल सम्मकाे खर्चको अवस्था लगायत नगरले गरेका कामकाे विवरण प्रस्तुत गरेका थिए ।

त्यहाँ सहभागी सर्वसाधारणहरुले नगरपालिकाले प्रदान गरेको सेवा र विकास निर्माणका विषयमा रहेर प्रश्न गरेका थिए । यस्तै चुनावमा गरेको वाचाअनुसार काम नभएको असन्तुष्टि, बाटो निर्माण, खोला उत्खनन र तटबन्ध, स्वास्थ्य शाखाले दिएको सेवालगायतको बारेमा प्रश्न सोधेका थिए ।
नगरवासीले सोधेका प्रश्नको नगर प्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, सम्बन्धित वडाका वडाध्यक्ष, विभिन्न शाखाका शाखाप्रमुख लगायतले जवाफ दिएका थिए । सुन्दरहरैंचा नगरपालिकाले यस पटक नगरको तीन ठाउँमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।









