
विराटनगर । मोरङको बुढिगंगा गाउपालिकामा बसले साइकललाई ठक्कर दिदा एक जना बालकको मृत्यु हएको छ । बुढीगंगा गाउपालिका वडा नं १ स्थित मिलन चौक स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटनाबाट बालकको मृत्यु भएको छ ।


मंगलबार अपरान्ह ४ बजे दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बा १ प ६०१८ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिणतर्फ साइकलमा जादै गरेका खोटाङ चित्रुङ तुईचुङवा नगरपालिका घर भई हाल बुढिगंगा गाउपालिका-१ मिलन चौक बस्दै आएका १२ बर्षीय संदेश सुनामलाई ठक्कर दिई दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो भने बस र बस चालक बिराटनगर महानगरपालिका-४ का ४० बर्षीय देवान्नद राजवंशीलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।









